Rule 28
व्यवस्थापन समिति विघटन गर्न सक्ने अवस्था
देहायका अवस्थामा व्यवस्थापन समिति विघटन गर्न सकिनेछः–
(क) विद्यालयको सम्पति हिनामिना गरेमा,
(ख) विद्यालयको शैक्षिक वातावरण खल्वल्याएमा,
(ग) नेपाल सरकारको नीति विपरीत काम गरेमा,
(ग१) समुदायद्वारा सञ्चालित विद्यालयले नियम २२क. को उपनियम (५) बमोजिम गरेको सम्झौता बमोजिम काम नगरेमा,
(घ) विद्यालयको व्यवस्थापन सन्तोषजनक रुपमा गर्न नसकेमा, वा
(ङ) सम्बन्धित निकाय वा अधिकारीले दिएको निर्देशनको पालन नगरेमा ।